नेकपाको सचिवालयले पार्टी विवाद समाधानको प्रयास गर्ने

नेकपा

काठमाडौं । दुई अध्यक्ष बीच भएका छलफलमा कुनै सहमति नभएपछि नेकपाको सचिवालयले पार्टीको जारी विवाद समाधानको प्रयास गर्ने भएको छ ।

सचिवालय बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ । सचिवालयले विवाद समाधानको प्रयास गर्ने तयारी गरे पनि विवाद झन् बल्झाउन पनि सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले बताउनुुभयो ।

नेकपाको विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भए पनि सहमति जुट्न सकेको छैन । यसअघि सचिवालय बैठकमा विवाद झन् बढेपछि स्थायी कमिटी बैठक बोलाइएको थियो ।

हिजो अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । आजको सचिवालय बैठकपछि भोलि अपराह्न चार बजे स्थायी कमिटी बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..