
काठमाडौं । नेपालमा सक्रिय सलहको झुण्डले खेतीबाली खाने क्रम रोकिएको छैन । हिजो सुर्खेत, बाँके, कञ्चनपुर, जाजरकोट लगायतका जिल्लामा सलह सक्रिय भएका छन् ।
सलहले किसानले लगाएको धान, मकै, कोदो लगायतको अन्नबाली खाएर सखाप पार्न थालेको छ । जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर ३ मा लगाइएको धान, मकै, कोदो, बदाम लगाएतका बाली सलहले खाइदिएको स्थानीय महेन्द्र आचार्यले बताउनुभयो ।
नेपालको मौसम अनुकुल नहुने भएकाले अब भने बिस्तारै सलह हराएर जाने प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेब हुमागाइले बताउनुभयो ।
यसअघि सलहले कपिलबस्तु, मकवानपुर, प्युठान, दाङ, पर्वत लगाएत स्थानको बालीनालीमा क्षति पु-याएको थियो ।
Loading...