तीज फेष्टिवल फोटो प्रतियोगिता सुरु, प्रथम हुनेलाई आईफोन ७ र नगद १५ हजार पुरस्कार

नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा हुन लागेको तीज फेष्टिवल फोटो प्रतियोगिता २०२० औपचारिक रुपमा सुरु भएको छ ।
टोकियोमा शुक्रवार एक कार्यक्रमविच तीज फेष्टिवल फोटो प्रतियोगिता २०२० औपचारिक रुपमा सुरु गरेको हो ।
मातृसन्देश डट कमले आयोजना गरेको उक्त तीज फेष्टिवल फोटो कन्टेस्ट २०२० औपचारिक रुपमा सुरु गर्दै मातृसन्देश टिमले विश्वभरबाट ब्यापक सहभागी गराई तीज र नेपाली कला संस्कृति झल्कने एकल वा जोडीको फोटोलाई प्राथमिकता दिने आयोजक टिमले जनाएको छ । नेपाल,जापान लगाएत ताजा समाचार साथै सामाजिक कार्यमा समेत गर्दै आएको मातृसन्देश टिमले कोभिड १९ लाई मध्ये नजर गर्दै तीज फेष्टिवल फोटो कन्टेस्ट २०२० गरेको जनाएको छ । एक महिनासम्म संचालन हुने प्रतियोगिता आज जुलाई १८ बाट अगस्ट १९ सम्म अर्थात साउन ३ बाट भाद्र ३ गतेसम्म संचालन हुने जनाएको छ । उक्त फोटो प्रतियोगितालाई निश्पक्ष बनाउन ५ सदस्यीय छनोट समिति बनाएको छ ।

नियमहरू :
१. प्रतियोगी फोटो पठाउँदा तीज वा नेपाली संस्कृति झल्कने खालको पहिरन हुनुपर्ने छ ।
२. प्रतियोगीले यस Matrisandesh को FB Page Like,Share गरेको हुनुपर्ने छ ।
३. फोटो Matrisandesh dot com को Fb Page को message वा Matrisandesh2015@gmail.com मा नाम,थर र ठेगाना सहित पठाउनु पर्नेछ ।
४. विजेता घोषणा पेजमा फोटोको likes, shares र comments को आधारमा छनोट गरिने छ ।
५. संसारबाट यस प्रतियोगितामा भाग लिन पाउने छन ।
६. फोटो अनुहार देखिने एकल वा जोडीलाई पनी मान्यता दिईने छ ।
७. फोटो like,Share,Comments & mentions गर्न सकिने छ ।
८. Like,Share & Comment को मान्यता ३ भाद्र २०७७ अर्थात 19 August 2020 Nepali Time ५:०० PM समय सम्म हुनेछ ।
९. कार्यक्रमको घोषणा सभा एक कार्यक्रमको बीच भाद्र ४ गते 20 August 2020 दर खानेदिन टोकियोबाट गरिने छ ।

विजेतालाई नगदसहित निम्न पुरस्कारको व्यवस्था गरिएको छ :-
प्रथम पुरस्कार – IPhone7+15,000+Token of love+सम्मान पत्र
दोस्रो पुरस्कार – 10,000 +Token of love +सम्मान पत्र
तेस्रो पुरस्कार – 5,000 +Token of love +सम्मान पत्र
सान्त्वना पुरस्कार -५ जनालाई Token of love + सम्मान पत्र
नोट : उल्लेखित शर्तहरू अनिवार्य लागू हुनेछ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..