हामी सबैलाई थाहा छ लसुनले दाल र तरकारीलाई कति स्वादिलयो बनाउँछ । लसुन स्वास्थ्यका लागि निकै लाभदायी पनि मानिन्छ । तर, तपाईले लसुनको उपयोग अर्को ढंगले गर्दा हुने फाइदाका विषयमा । लसुन सिरानीमुनि राखेर सुत्दा हुने फइदा यस्ता छन्ः–
लसुन सिरानीमुनि राखेर सत्ने चलन नयाँ होइन, यो निकै पुरानो चलन हो । सामान्यतः निद्रा नलाग्ने अवस्थामा यो विधि प्रयोग परम्परागत रुपमा गरिँदै आएको छ। कतिपयले यसो गर्दा भाग्यवृद्धि हुने विश्वास समेत गरेका छन्।
यदि तपाईलाई पनि केही दिनदेखि निद्रा परिरहेको छैन भने यो तरिका अपनाउनुभयो भने लाभदायी सावित हुनेछ । यो प्रयोग गर्न चाहनु हुन्छ भने तपाईले मात्र सुत्ने बेला लसुनलाई तकियामुनि राख्नुपर्नेछ ।
किनभने लसुनले नकारात्मक ऊर्जाबाट बचाउने काम गर्दछ । जसबाट तपाईको मनमा अशान्ति उत्पन्न गराउँछ, यसको प्रयोगबाट तपाईले शान्ति पाउनुहुनेछ र राम्रोसँग निद्रा पनि । यद्यपि केहीले यसलाई भाग्यसँग पनि जोडेर हेर्ने गरेका छन् । तर, यसको सत्यता पुष्टि भने गर्न सकिन्न । एजेन्सी