देशभरमा ५७ जना कोरोनाका संक्रमित, जम्मा संक्रमित संख्या १७ हजार पाँच सय २ जना

३ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार गएको २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा देशभरबाट ५७ जनामा कोरोना संक्रमण देखिएको हो।

नेपालमा अब कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको डाक्टर गौतमले जानकारी दिए।

क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा पाँच हजार ८ सय २५ जना रहेको उनले बताए।

कोरोना निको भएर शनिबार एक सय ३ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार छ सय ३७ पुगेको छ।

कोरोना संक्रमणबाट नेपालमा ४० जनाको मृत्यु भइसकेको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..