नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

नेकपा

काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेका प्रयास सकारात्मक दिशातर्फ गएपछि आज स्थायी कमिटीमा यसबारे थप छलफल हुने भएको छ ।

छलफलका लागि दिउँसो ३ बजे बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठकमा हिजो सचिवालयमा भएको छलफल र निस्कर्षका आधारमा कुराकानी हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानका लागि छलफललाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । दुई अध्यक्षका बीचमा आगामी मंसिरमा महाधिवेशन गर्ने सहमति भएको भनिए पनि सचिवालयले कुनै निर्णय गरेको छैन ।

आजको स्थायी कमिटी बैठकमा यसबारेमा पनि छलफल हुने स्थायी कमिटी सदस्य पौडेलले जानकारी दिनुभयो । दुई अध्यक्षको बीचमा सहमति भएर मात्र नपुग्ने भन्दै हिजोको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सबै नेता, कार्यकर्ताको भावना अनुसार अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

नेकपामा एकातिर मंसिरको महाधिवेशनलाई लिएर सचिवालयकै सदस्यहरूको गम्भीर आशङ्का छ । अर्कोतिर महाधिवेशनअगाडि सम्पन्न गर्नुपर्ने काम थाती छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..