एउटा बाजीले बढ्यो ६ फुट कपाल, कस्तो थियो बाजी ?

हरेक महिलाको सपना हुन्छ कि लामो र सुन्दर कपाल होस् । महिलाको सुन्दरताको मापन पनि उसको अनुहार र कपालबाटै गरिन्छ ।जसको जति लामो कपाल छ, उसलाई त्यति नै सुन्दर मानिन्छ । यसका लागि महिलाहरु पनि अनेक उपाय अपनाउने गर्दछन् ।

यस्तै सपना थियो एक महिलाको पनि। तर कपाल लामो र सुन्दर बनाउने खेलखेलमै उनको कपाल ६ फिट लामो भयो । जुन एक जना पुरुषको उचाई बराबर हो । यी महिला हुन् रुस निवासी डेरिया गुभानोभ ।

२७ वर्षीया डेरियाले निकै वर्षदेखि आफ्ना साथीहरुमाझ एउटा बाजी राखेकी थिइन् । त्यसपछि डेरियाले आफ्नो कपाल कहिले पनि काटिनन् ।

जब उनी १३ वर्षकी थिइन् तब उनको कपाल निकै छोटो थियो । एक दिन उनका साथीहरुले ठट्टामै भने–तिम्रो कपाल त्यति लामो पनि छैन त्यसलाई बाट्न सकियोस । बस के थियो र १ डेरियाले बाजी लगाइन् । उनले भनिन्–म खुट्टाको औंलासम्म पुग्ने गरी कपाल पालेर देखाउनेछु ।

१४ वर्ष भयो डेरियाले आफ्नो कपाल ट्रिम नगरेको । अहिले उनको कपाल उनको उचाईभन्दा लामो भएको छ। लामो कपालकै कारण चर्चित बनेकी डेरियाका इन्स्टाग्राममा २१ लाख बढी फलोअर्स छन् । उनले करिब ६०० तस्वीर पोस्ट गरेकी छन् । मानिसहरु पनि डेरियाको तस्वीर खुब मन पराउँछन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..