ललितपुरको गोदावरी नगरपालिकाका २ कर्मचारी घुससहित पक्राउ

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका २ जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई टंगालस्थित प्रधान कार्यालय ल्याउन लागिएको र कार्यालयमा ल्याएपछि मात्रै थप विवरण खुल्ने अख्तियारका प्रवक्ता अधिकारीको भनाइ छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..