आमाबाबु मरेको चार वर्षपछि बच्चा कसरी जन्मियो ? यस्तो छ कारण

पहिलोचोटी यो कुरा सुन्दा विश्वास गर्न मुश्किल लाग्छ । तर भयो यस्तै । यो घटना चीनमा भएको हो, जहाँ आमाबाबुको मृत्यु भएको चार वर्षपछि एउटा सेरोगेट आमाले उनीहरुको सन्तानलाई जन्म दिएकी छन्।

चिनियाँ संचार माध्यमका अनुसार बच्चाको वास्तविक आमाबाबुको एउटा सडक दुर्घटनामा मृत्यु भएको थियो । सन् २०१३ मा मारिएका दम्पत्तिले आफ्नो भ्रुण सुरक्षित राखेका थिए । उनीहरु चाहन्थे कि आईवीएफ प्रविधिको माध्यमबाट उनीहरुको सन्तानले यो संसार देखोस् ।

त्यसैले दुर्घटनापछि दम्पत्तिका आमाबाबुले भ्रुणको प्रयोग गर्ने अनुमतिका लागि लामो कानुनी लडाई लडे ।

दक्षिणपूर्वी एसियाली देश लाओसकी एउटी सरोगेट आमाले यो बच्चालाई जन्म दिएकी थिइन् । यो खबर ‘द बेइजिङ न्युज’पत्रिकाले यसै साता प्रकाशित गरेको छ।

यो थियो पहिलो घटना

दुर्घटनाका बेला भ्रुणलाई नान्जिंग अस्पतालमा माइनस १९६ डिग्री तापमानमा नाइट्रोजनमा सुरक्षित राखिएको थियो । कानुनी मुद्दा जितेपछि हजुरबा र हजुरआमाले उक्त भ्रुण प्रयोग गर्ने अधिकार पाएका थिए ।

समाचारअनुसार पहिला यस्तो कुनै घटना छैन, जसलाई उदाहरणका रुपमा उनीहरुलाई बच्चाको भ्रुणको अधिकार दिन सकियोस् । उनीहरुलाई भ्रुण त दिइयो तर केही समयपछि नै अर्को समस्या आयो ।

यो भ्रुणलाई नान्जिंग अस्पतालबाट मात्र यो सर्तमा लैजान सकिन्थ्यो कि अर्को अस्पतालले सम्हालेर राख्नेछ । तर, भ्रुणको मामिलामा कानुनी अनिश्चिततालाई ध्यानमा राखेर शायदै कुनै अर्को अस्पताल यो लफडामा फस्न चाहन्थ्यो ।

उता चीनमा सरोगेसी गैरकानुनी छ, त्यसैले एउटै मात्र विकल्प थियो कि चीनभन्दा बाहिर सरोगेट आमा खोज्न सकियोस् ।

नागरिकताको प्रश्न

त्यसैले हजुरबा र हजुरआमाले सरोगेसी एजेन्सीको माध्यमबाट लाओसलाई चुने जहाँ सरोगेसी वैध थियो । यता कुनै पनि विमान कम्पनी लिक्विड नाइट्रोजनको बोत्तल (जसमा भ्रुण राखिएको थियो) लैजान तयार थिएनन् । त्यसैले यसलाई कारमा लाओस लगियो ।

लाओसमा सरोगेटट आमाको कोखमा यो भ्रुणलाई प्लान्ट गरियो र डिसेम्बर २०१७ मा बच्चा जन्मियो । तियांतियां नामको यो बच्चाका लागि नागरिकताको पनि समस्या थियो । बच्चा लाओसमा होइन चीनमा जन्मिएको थियो, किनभने सरोगेट आमाले पर्यटक भिषामा गएर चीनमा बच्चालाई जन्म दिइन् ।

किनभने बच्चाका आमाबाबु त जिवित थिएनन्, त्यसैले हजुरबा र हजुरआमाले नै रगत र डीएनए जाँच दिनु थियो । ताकि यो सावित हुन सकोस् कि बच्चा उनैका नाति, नातिना हुन् र बच्चाका आमाबाबु चिनियाँ नागरिक थिए । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..