नेपालमा १८६ जना संक्रमित फेरि थपिए, डिस्चार्ज हुनेको संख्या पनि बढ्दै

काठमाडौं । नोभेल कोरोना भाइरसका १८६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८६ संक्रमित थपिएका हुन् ।

यस साताको पहिलो दिन आइतबार १५७ जनामा कोरोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए ।

कुल कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । देशभर सक्रिय संक्रमितको पाँच हजार ९३६ रहेको छ । पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

त्यसैगरी शून्य संक्रमित रहेका ८ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ८६८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ६६ दशमलव ५१ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार २१६ देशभरका प्रयोगशालामार्फत हजार जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २२ हजार २२८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।

गत साताको आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यसअघिल्लो दिन शनिबार ७० जनामा कोरोना भाइरस देखिएको थियो ।

त्यसैगरी उक्त संख्या बढेर सोमबार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार र बुधबार फेरि संक्रमितको ग्राफ घटेर ११६ मा झरेको थियो ।

कोरोना संक्रमिको संख्या बिहीबार उकालो लागेर १६७ पुग्यो भने शुक्रबार १०१ पुगेको थियो । शनिबार ५७ जनालाई मात्र कोरोना संक्रमण भएको पाइएको थियो ।

यस साताको आइतबार १५७ जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..