कोरोनाको भ्याक्सिन निर्माणमा अक्सफोर्ड विश्‍वविद्यालयले पायो सफलता

काठमाडौं । अक्सफोर्ड विश्‍वविद्यालय कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको छ। विश्‍वविद्यालयले बनाएको भ्याक्सिन केही मानिसमा गरिएको प्रयोगले सफलता पाएको छ।

विश्‍वविद्यालयले परीक्षण गरेको भ्याक्सिनले मानिसमा कोरोना भाइरसको प्रतिरोधी क्षमता विकास गरेको छ। विश्‍वविद्यालयका अनुसार भ्याक्सिन एक हजार ७७ जनामा परीक्षण गरिएको थियो।

मानव शरीरमा गरीएको परीक्षणमा जुन ठाउँमा खोप लगाइएको थियो, त्यस ठाउँमा कोरोना भाइरसविरुद्ब लडन सक्ने एन्टिबडीको विकास गरेको थियो।

यसलाई क्याडोक्स वान एन कोभ-१९ नाम दिएको छ। यसको तीव्र रुपमा विकास भइरहेको छ। यो भ्याक्सिन जेनेटकली इन्जीनियर्ड भाइरसको सहायतामा तयार गरिएको थियो।

बिबिसीका अनुसार कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप सुरक्षित रहेको छ। यो भ्याक्सिनले इम्युन रेस्पोन्समा काम गरेको बिबिसीले जनाएको छ।

दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसविरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको हो। बेलायतले एक अर्ब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसँग अर्डर गरिसकेको जनाइएको छ।

यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससँग आणुवंशिक मिश्रणद्वारा तयार गरिएको हो। यो खोपबाट कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्‍वास गरिएको छ।

दोस्रो चरणको परीक्षणमा सहभागीमध्ये ९० प्रतिशतलाई पहिलो डोजले नै एन्टिबडी विकास गरेको थियो। जसमा १० प्रतिशतलाई भने दुई डोज दिनुपरेको थियो। परीक्षणमा सहभागीमध्ये ७० प्रतिशतलाई ज्वरो आउने तथा टाउको दुख्‍ने लक्षण देखिएको थियो। तर कुनै गम्भीर असर भने नगरेको अनुसन्धानकर्ताले उल्लेख गरेका छन्।

तेस्रो तथा अन्तिम चरणको परीक्षणमा बेलायतमा एक लाख, अमेरिकामा ३० हजार, दक्षिण अफ्रिकामा २ हजार र ब्राजिलमा ५ हजार व्यक्तिलाई समावेश गरिने विश्‍विध्यालयले जनाएको छ।

यो खोप यो वर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम वर्गलाई दिने तयारी छ। अर्को वर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्‍वका अधिकांश देशमा पुर्‍याउने उत्पादकले जनाएको छ। एजेन्सी

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..