
काठमाडौं । सप्तकाेशीमा पानीकाे बहाव याे वर्षकै उच्च भएपछि काेशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खुल्ला गरिएको छ।
मंगलबार बिहान गरिएकाे मापनअनुसार पानीको बहाव ३ लाख २९ हजार ३ सय ८० पुगेपछि ४८ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएकाे छ । यो बहाव वर्षकै उच्च हाे ।
पानीकाे बहाव उच्च भएपछि तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेकाे छ ।
कोसी ब्यारेज भएर भइरहेको पानीको बहाव १ लाख ५० हजार पुगेपछि खतराको सूचक रातो बत्ती बाल्ने गरिन्छ।
निरन्तरकाे वर्षाले देशभरका खाेला, नदीमा बाढी आउँदा कतिपय ठाउँका बस्तीहरू डुबानकाे जाेखिममा परेका छन् ।
Loading...