
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ स्थित गोलाङमा घरमाथिबाट पहिरो झर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय जीवन खाँड, उहाँका श्रीमती २२ वर्षीय विमला खाँड र उहाँहरूका ढेड वर्षका छोरा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
हिजो धादिङको गजुरी गाउँपालिका २ मलेखुमा पहिरोमा परी १७ वर्षिया निरुता परियारको पनि मृत्यु भएको थियो ।
थाक्रे गाउँपालिकाको वडा नम्बर ६ महादेववेशीस्थित महेश खोलामा आएको बाढिले बगाउँदा एक महिला अझै वेपत्ता छिन् ।
Loading...