लकडाउन अन्त्य गर्ने सरकारको अपरिपक्व निर्णय – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

लकडाउन अन्त्य गर्ने सरकारको अपरिपक्व निर्णय - डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ 1

सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ । कोरोना संक्रमणको समुदायमा ब्यापक परीक्षण गरेर वास्तविक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ । ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा ठूलो संकट ल्याउनेछ । देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्याका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसँग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ ।

परीक्षण गर्दै चरणबद्ध रुपमा लकडाउनको ब्यबस्थापन गर्नुपर्नेमा विज्ञसँग पर्याप्त छलफल नगरि लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलिने डर विद्यमान छ ।्र सिमाना प्रभावकारी ढंगले शिल नगर्ने हो भने भारतबाट धेरै संक्रमित नेपाल प्रवेश गर्ने खतरा बिध्यमान छ ।

हामी आम नागरिकले सकभर घरमै बस्ने, घरबाहिर निस्कंदा सहि तरिकाले मास्क लगाउने, भीडभाडमा नजाने, बाटो, चोक, पसल, अफिस लगायत सबै ठाउँमा घटीमा ६ फिटको दुरी कायम गर्ने, आबश्यकता अनुसार चस्मा तथा पन्जाको प्रयोग गर्ने, भोजभतेर नगर्ने, सुरक्षित तरिकाले घरमै चाडपर्व मनाउने लगायतका सुरक्षा सतर्कता अझै बढाउन जरुरी छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..