महोत्तरीमा एक वर्षमा भएको एकसय ७४ सवारी दुर्घटनामा ४६ जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा १ वर्षमा भएको १ सय ७४ सवारी दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ । जसमध्ये ३१ पुरुष, १० महिला र ५ बालबालिका रहेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ को असार मसान्त सम्ममा साना तथा ठूला दुर्घटनामा परी ९५ जना गम्भिर घाइते भएका छन् भने ७३ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर रहेका छन्, त्यसपछि कार जिप, ट्रक, ट्याक्टर, भ्यान, टेम्पो र सबभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस, रहेको छ ।

दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, सडकमा छाडा चौपाया छाड्नु, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमताभन्दा बढी यात्रु तथा माल सामान बोक्नु देखिएको कार्यालयले जनाएको छ ।

यसैगरी, दुर्घटना गराउने सवारीका चालक १६ वर्षदेखि २५ वर्ष उमेरका ५३ जना र २५ वर्षदेखि ४० वर्ष उमेरका १ सय ३२ र ४० बर्ष भन्दा माथी उमेरका २० जना रहेका पनि कार्यालयले जानकारी दिएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..