लकडाउन हटे पनि जोखिम हटेको छैन, सतर्क रहौं

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारबाट घोषित लकडाउन अन्त्य भए पनि जोखिम यथावत् रहेकाले सतर्क रहन सबैमा आग्रह गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीले बुधबार एक ट्विट गर्दै जनजीवन सहज पार्न सरकारले लकडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी नियम पालना गर्न सबैमा आग्रह गर्नुभयाे ।

‘जनजीवन सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ,’ राष्ट्रपति भण्डारीले ट्विटरमा लेख्नुभएकाे छ, ‘तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । त्यसैले स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गर्दछु ।

कोरोना भाइरसको महामारविरुद्ध लड्न सरकारले गत चैत ११ गते लगाएको लकडाउन साउन ६ गते रातिबाट लागू हुने गरी अन्त्य गरेको छ । योसँगै देशभर चहल पहल बढेको छ । बढ्दो चहलपहलले महामारी फैलन सक्ने चिन्ता व्यक्त भइरहेका बेला राष्ट्रपति भण्डारीबाट यस्तो आग्रह भएको हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..