ग्लोबल आइएमई बैंकको नयाँ कर्जा योजना: घर कर्जाका लागि ८.७५ र गाडी कर्जाका लागि ८.९९ प्रतिशतमा

७ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्जा प्रवाह गर्ने नयाँ योजना ल्याएको छ। सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घरजग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकलाई लक्षित गरी आइएमई बैंकले यो योजना ल्याएको जानकारी दिएको छ।

ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउँनेछन् र यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहनेछ।

यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा सेयरको धितोमा कर्जा दिने भएको छ।

यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिटरक्रेडिट कार्ड जारी शुल्कमा र लकर सुविधामा ५०/५० प्रतिशत छुट दिने बताएको छ।

बैंककाअनुसार कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जा दिन दिन लागिएको हो।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..