चोरको समूहले प्रहरी प्रमुखलाई नै बन्धक बनाएपछि….

चोरको समूहले प्रहरी प्रमुखलाई नै बन्धक बनाएपछि.... 1

युक्रेनमा चोरहरुको समूहले एक प्रहरी अधिकारीलाई बन्धक बनाएका छन् । युक्रेनको पोल्तावा शहरस्थित अपराध शाखाका प्रमुखलाई उनीहरुले बन्धक बनाएका हुन् । प्रहरीको टोलीले उनीहरुलाई कार चोरेको आरोपमा पक्राउ गरेको थियो । तर उल्टै चोरले प्रहरी प्रमुखलाई बन्धक बनाइदिए । यद्यपि उनीहरु अफिसरलाई छाडेर जंगलतिर भागेका थिए ।

अचम्मको कुरा त यो छकि यसभन्दा अघि पनि त्यहाँ एकजना कनिष्ठ प्रहरी अफिसरलाई चोरहरुले नै बन्धक बनाएका थिए । उनलाई छुटाउने कोसिसमा लाग्दा अपराध शाखा प्रमुख नै उनीहरुको बन्धक हुन पुगे ।

त्यसबीचमा चोरहरुले चोरिएका गाडी मागेका थिए । शाखा प्रमुख गाडी दिन राजी भएपछि उनीहरुले उनलाई छाडिदिए । चोरहरु सोही गाडी लिएर प्रहरी प्रमुखसँगै भागेका थिए । तर उनीहरु प्रहरी प्रमुखलाई बीच बाटोमै छाडेर बाक्लो जंगलतिर भागेका थिए । ग्रिनेडसहित प्रहरी प्रमुखलाई बन्धक बनाएका उनीहरुले आफुले गरेको माग सम्बोधन भएपछि प्रहरी अधिकारीलाई छाडिदिएको बताएका थिए ।

यो घटना हुनु २ दिनअघि युक्रेनमै एक युवकले बसमा सवार १३ जनालाई बन्धक बनाएका थिए । हतियार र विष्फोटक पदार्थसहित उपस्थित भएका उनीसँग प्रहरीले १२ घण्टाको छलफपछि बन्धकहरुलाई मुक्त गर्न सफल भएका थिए । एजेन्सी

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..