
जर्मनीमा कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाएको वैज्ञानिकहरुले दाबी गरेका छन्।
युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा एक हप्ताको तालिमपछि कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाएको बीबीसीले जनाएको छ। शोधकर्ताहरुकाअनुसार तालिमपछि आठ वटा कुकुरलाई संक्रमति र गैर संक्रमितको नमुना सुँघ्न लगाउँदा ९४ प्रतिशत नतिजा सहि आएको थियो।
यस्ता कुकुरको प्रयोग एयरपोर्ट र खेलमैदानजस्ता सार्वजनिक स्थानमा कोरोना संक्रमणको पहिचानका लागि गर्न सकिने दाबी गरिएको छ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीको कारण फ्लोरिडामा हुने तय भएको पार्टीको सभा स्थगित गरेका छन्। अहिले सभा सम्मेलन गर्ने उचित समय नरहेको भन्दै उनले अर्को तरिकाबाट आफूले त्यहाँका नागरिकलाई सम्बोधन गर्ने बताए।
Loading...