प्रदेश नम्बर २ को वीरगन्जमा कोरोना संक्रमित ८५ वर्षीया वृद्धा महिलाको मृत्यु

साउन ९, वीरगञ्ज । प्रदेश नम्ब २ को वीरगञ्जमा कोरोना संक्रमित एक ८५ वर्षिय वृद्धा महिलाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धा महिलाको शुक्रबार बिहान ११ ३० बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पतालका अनुसार ती संक्रमित महिला मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा सारी उपचार गरिएको थियो ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..