पार्टी विधि र पद्धति अनुसार चल्नुपर्छ, नेकपा फुट्दैन : पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपाल

साउन ९ काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले कसैले फुटाउन खोज्दैमा नेकपा नफुट्ने दाबी गरेका छन्।

शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले भने,‘नेकपा फुट्दैन। कोही चोइटिन खोजेमा चोइटिएला तर फुट्दैन।’

उनले व्यक्तिको नाम नलिइ आफू नै राज्य हो र आफूबिना संसार चल्दैन भन्ने भ्रममा समेत नपर्न आग्रह गरेका छन्।

वरिष्ठ नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगित गर्दै ‘मनै राज्य हो, मबिना संसार चल्दैन भन्ने भ्रममा नपरौं’,उनले भने,‘आफूसँगै आन्दोलन समाप्त पार्ने प्रयास नहोस्।’

अब नेकपा नयाँ सिराबाट अगाडि बढ्नुपर्ने उनले बताएका छन्। त्यसको लागि ढिला गर्न नहुने उनले बताए।

नेकपा सबै नेता तथा कार्यकर्ताले अब ‘नयाँ सिराबाट अगाडि बढ्ने परिकल्पना गरौं। अब समय घर्किन लागिसकेको छ।’

उनले नीति र विचार ठूलो रहेको भन्दै पार्टी विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिए।

पार्टीले गरेको ‘बहुमतको निर्णय पार्टीको निर्णय हो। यसलाई सबैले मानौं।त्यसलाई मान्दिनँ भनेर कसैले सुख पाउदैन। सबैमा बुद्धि पलाओस्, यसमै सबैको भलो हुनेछ।’ वरिष्ठ नेता नेपालको प्रधानमन्त्री आलीतिर तिर सोझ्याउदै भन्नु भयो ।

केही महिनादेखि नेकपाभित्र आन्तरिक विवाद चल्दै आएको छ। स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद झन् पेचिलो बन्दै गइरहेको छ।

दुबै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र रामबहादुर थापालगायत बहुमत स्थायी समिति सदस्यहरुको माग गरिरहनुभएको छ भने प्रधानमन्त्री ओलीले भने अस्वीकार गर्दै आएका छन्।

Loading...

One thought on “पार्टी विधि र पद्धति अनुसार चल्नुपर्छ, नेकपा फुट्दैन : पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपाल

Comments are closed.

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..