कोरोना भाइरस संक्रमणबाट वीरगन्जमा एक किशोरीको मृत्यु

साउन ९, वीरगन्ज । वीरगन्जस्थित गण्डक कोरोना अस्पतालमा उपचाररत कोरोना संक्रमित एक किशोरीको मृत्यु भएको छ। नारायणी अस्पतालको स्रोत अनुसार उपचारको क्रममा शुक्रबार साँझ ती किशोरीको मृत्यु भएको जानकारी दिएको छ।

ती किशोरी भाइरल इन्सेफ्लाइटिस र झाडापखलाबाट पीडित थिइन, बारा परवानिपुर निवासी युवतीलाई सुरूमा वीरगन्ज स्थित हेल्थ केयरमा भर्ना गरिएको थियो। उनमा भाइरल इन्सेफ्लाइटिक्सको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पछि कोभिड १९, कोराना भाइरस संक्रमण पुष्टि भएपछि शुक्रबार बिहान उनलाई कोराना गण्डक अस्पताल रिफर गरिएको थियो। उनी कोराना गण्डक अस्पतालमा उपचार गराउन भर्ना गरिएको थियो । कोरोना संक्रमणबाट मृत्यु भएकी युवतीको शव आजै सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ। आजै गण्डक अस्पतालमै उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो। वीरगन्ज निवासी उनी मुटुका रोगी समेत थिइन्। उनको उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको थियो।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..