कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने भएका छन् ।

परीक्षा सञ्चालन गरेर विद्यालयले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको हो । यो वर्ष बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भने आन्तरिक मूल्याङ्कनकै आधारमा प्रमाणपत्र दिने निर्णय भएको राष्ट्रिय परिक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताउनुभयो ।

उहाँले कक्षा ११ को परीक्षा सञ्चालनको मूल्याङ्कनको जिम्मा विद्यालयलाई दिएको बताउनुभयो । परिक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन र नतिजा प्रकाशनका लागि हिजो कार्यविधि जारी गरेको छ ।

राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्ले असार १९ गते परीक्षा सञ्चालन र प्रमाणीकरणको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..