१८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भए, मृत्यु हुनेको संख्या ४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०।६ प्रतिशत निको भएर घर फर्किएका छन् ।

यस्तै हालसम्म संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाराकी १७ वर्षीया किशोरीको वीरगञ्जमा हिजो उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बाराको परवानीपुर गाउँपालिका घर भएकी ति युवतीको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जमा तीनदिनयता लगातार संक्रमितको मृत्यु भइरहेको छ । संक्रमित र मृतक बढेपछि पर्सामा आज विहानदेखि निषेधाज्ञा जारी गरिएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए ।

उनले पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..