तपाईलाई थाहा छ ? यसरी सुरु भएको थियो दाँत सफा गर्ने टुथब्रशको इतिहास

आजभोलि प्रयोग गरिने टुथब्रश चीनको देन हो । २६ जुन १४९८ मा पहिलोपटक आधुनिक टुथब्रशको पहिलो मोडल चीनका एक जना राजाले पेटेन्ट गराएका थिए ।

अमेरिकी डेन्टल एसोसिएसनका अनुसार सन् १४४८ मा पहिलोपटक चीनका शासकले सुँगुरको भुत्ला र हड्डीबाट एउटा ब्रश तयार गराएका थिए । चीनको मिंग वंशका राजा होंगझीले यस्तो मोडल पहिलोपटक पेटेन्ट गराएका हुन् ।

यहीबाट दाँत सफा गर्नका लागि आधुनिक टुथब्रशको सुरुवात भएको हो । पछि यो डिजाइन युरोपतिर बढ्न थाल्यो । युरोपमा ठुलो मात्रामा बंश बनाउनका लागि विलियम ऐडिसले साइबेरिया र उत्तरी चीनबाट सुँगुरको भुत्ला आयात गर्न सुरु गरेका थिए ।

१७औं शताब्दीसम्म कयौ पश्चिमी देशमा पनि दाँत सफा गर्नका लागि टुथब्रशको चलन आम भइसकेको थिएन । १९औं शताब्दीमा आएर जनावरको भुत्लाबाट बनेको ब्रशको ठाउँमा कृत्रिम रेशाको प्रयोग सुरु भयो । १९३८ मा डुपान्ट नामको अमेरिकी कम्पनीले ब्रशका लागि प्लास्टिक प्रयोग सुरु गरेको हो । यसअघि प्लास्टिक ब्रशको नाम थियो डाक्टर वेस्ट्स मिरैकल ।

ब्रशभन्दा पनि पहिला दाँत सफा गर्नका लागि संसारका विभिन्न भागमा चबाइने काठको प्रयोग हुने गर्दथ्यो । आयुर्वेद चिकित्सामा नीम र बरगद, मुसलमानहरुमा अरकको काठबाट ताँदा सफा गर्ने गरिन्थ्यो । यी सबै काठमा एन्टीसेप्टिक गुण हुने गर्दछ ।

अहिले यो क्षेत्रमा प्रविधि यति धेरै विकसित भइसकेको छ कि ब्रश स्मार्टफोनसँग जोड्न सकिन्छ । अब त डाक्टरहरु पनि ब्याट्रीबाट चल्ने ब्रशले दाँत राम्रोसँग सफा हुने बताउन थालेका छन् । अरु त अरु अब ब्लु टुथबाट चल्ने ब्रश पनि आइसकेको छ, जसमा स्मार्टफोन ऐपको माध्यमबाट दाँत सही तरिकाले सफा भयो कि भएन हेर्न सकिन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..