पूर्व डीआईजी कोइरालाको सजाय छुटका बारेमा आज सुनुवाइ हुने

काठमाडौं । श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय ११ वर्ष घटाउने सर्वोच्चको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई हुनेभएको छ ।

सजाय कम गर्ने सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेपछि त्यसको पेसी आजका लागि तोकिएको हो ।

सशस्त्र प्रहरीका पूर्व डीआइजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको यसअघिको फैसलाउपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशबाट सुनुवाई हुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म कोइरालाको यो मुद्दा विचाराधीन बनेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..