अछाममा ठूलो झुण्डमा सलह देखियो

अछाम । अछाममा ठूलो झुण्डमा सलह देखिएको छ । जिल्लाको कमलबजार नगरपालीका ५ कुईकामा हिजो ठूलो सङ्ख्यामा सलह किरा देखिएको हो ।

दैलेखको सिमाना हुँदै ठूलो झुण्डमा देखिएको सलहले हिजो मध्यान्ह् १२ बजेतिर कुइकामा मकै तथा धालबाली नष्ट गरेको छ ।

ठूलो सङ्ख्यामा आएको सलह किराले बालीनाली समेत नष्ट गर्न थालेपपछि किसान चिन्तित बनेका छन् । लामो समयको लकडाउनले प्रभाव पारेको कृषि क्षेत्रमा अहिले फेरि सलह नामको किराले बालीनालीमा लाखौँ बराबरको क्षति गरिसकेको स्थानिय कम्मानसिंह भुलले जानकारी दिनुभयो ।

कमलबजारमा देखिएको सलह विनायकसम्म ठूलो झुण्डमा आउन थालेपछि विनायकमा पनि बाजा गाजा, थाला, ठटाएर भगाउने प्रयास गरिएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..