प्रदेश २, खानेपानी योजनामा अनियमितता, यसरी गर्छ सेटिङ

प्रदेश २, खानेपानी योजनामा अनियमितता, यसरी गर्छ सेटिङ 1

प्रदेश २, खानेपानी योजनामा अनियमितता, यसरी गर्छ सेटिङ 2
काठमाडौं । संघिय खानेपानी ढल नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यलय जनकपुरधामले नीति बनाएरै अनियमितता गर्ने पाइएको छ । आयोजनाले विभिन्न कार्यक्रम गर्दा कन्ट्याक्टरसंग पहिले नै आर्थिक लेनदेनको सहमति गरेर त्यही फर्मको मात्र मापदण्ड मिल्ने गरी नियम बनाएर काम दिने र आर्थिक लेनदेन गर्ने गरेको खुलासा भएको हो ।

आयोजनाको कार्यलयले मिति २०७७/३/१४ गते जनकपुरधाममा  खानेपानी योजनाले जनकुरधाममा खानेपानी र ढल व्यवस्थापनको लागि डि.पि.आर गर्न निकालिएको टेण्डरमा एउटा फर्मसंग मिलेमतो गरि काम गरेको खुलासा भएको हो ।

आयोजनाले निकालिएको टेण्डरमा खरिद नियमावलीको नियम विपरित नियम बनाएर निश्चित फर्मलाई काम दिनेगरी टेण्डर निकालिएको छ । निश्चित फर्मको मापदण्ड पुग्ने प्रदेश २ भित्र काम गरेको र निश्चित काम गरेको भनी मापदण्डलाई नियम बनाएर टेण्डर निकालिएको थियो । यसरी निश्चित क्षेत्रमा काम गरेको भनी मापदण्ड तोक्नु र प्रदेश २ भित्र काम गरेको भन्नुले खरिद नियमावली विपरीत भएको एक इन्जिनियरले बताए ।

खरिद नियमावलीमा नेपाल भरी जुनसुकै ठाउँमा पनि गएर फर्म हाल्ने अधिकार भए पनि उक्त आयोजनाले प्रदेश २ भित्र काम गरेको मात्र भन्ने नियमले खरिद नियमावलीको विरुद्ध भएको इन्जिनियरहरु बताउँछन् ।

आयोजनाका प्रमुख राजेश कुसुवाले पहिल्यै फर्मसंग सेटिङ गर्ने र फर्म दर्ता गर्ने कोट नम्बर पनि आफैले भने जसरी राखेर आफ्नो कमिसन दिने फर्मलाई काम दिने गर्दै आएको आरोप लाग्ने गरेको छ ।

आयोजनाले खानेपानी तथा ढल निकासको लागि प्राविधिक अध्ययन तथा डिजाइन गर्नका लागि  तीन वटा प्याकेजमा टेण्डर निकालेको थियो । जसमा ३५ लाख, ३४ लाख, र ३० लाख गरि टेण्डर निकालेको थियो । जसमा ६ वटा फर्मलाई आयोजनाले छनौटको सुचिमा राखेको छ ।

गल्ती भयो, सच्याए,आयोजना प्रमुख कुसुवा

संघिय खानेपानी ढल नियन्त्रण तथा व्यवास्थापन आयोजनाको प्रमुख  राजेश कुसुवाले आफुले गल्ती गरेको बताए । उनले आफुले कन्सलटेन्सिहरुको राय बुझ्नको लागि पनि यसरी टेण्डर निकालिएको बताए । पछि इन्जिनियरहरुले विरोध गरे पछि आफुले त्यो नियम परिवर्तन गरेको बताए । तर आयोजनाले आफुले बनाउको नियमको आधारमा नै छनौट लिष्टमा फर्महरुलाई छनौंटमा राखेको उनले बताए । उनका उनुसार अहिले छ वटा कन्सल्टेन्सीहरु छनौट लिष्टमा भएको र आफुले त्यस मध्ये एकलाई काम दिने कुसुवाले बताए ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..