अनिर्वाय कोरोना बीमा र विद्यार्थीको जानकारी लिन अनेरास्वावियूको माग

काठमाडौं । आइतबार अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य बीमा बापत तिरेको रकमबाट सम्पूर्ण विद्यार्थीको कोराना बीमा र विद्यार्थीको अवस्था बुझ्न माग गरेको छ ।

काठमाडौं । आइतबार अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य बीमा बापत तिरेको रकमबाट सम्पूर्ण विद्यार्थीको कोराना बीमा र विद्यार्थीको अवस्था बुझ्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई परीक्षा नियन्त्रण कार्यालय परिसर बल्खुमा ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले सो माग गरेको हो।

कोरोना महामारी , लकडाउन र बाढी पहिरोले विद्यार्थीहरुलाई आक्रान्त तुल्याएको अवस्थामा विश्वबिद्यालयले निकालेको परीक्षासम्बन्धि सूचना सम्बन्धमा आज अनेरास्ववियूका नेता पवन कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो । कार्कीले विद्यार्थी कहाँ छन्, कुन अवस्थामा छन्, केही पनि जानकारी नलिकन विश्वविद्यालयले हचुवाको भरमा निकालिएको सुचना स्थिगित गर्न पनि माग गरेका छ ।

जीवनभन्दा परीक्षा ठूलो नहुने भएकोले विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्न माग गरिएको अनेरास्ववियू नेता कार्कीले बताए ।

त्रिविका परीक्षा नियन्त्रक जोशीले कोरोनाको परिस्थिति हेरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्ने बताए ।

लामो दूरीका यातायातका साधन भाद्र १ गतेबाट मात्र खुल्ने भएकोले तत्काल परीक्षा गर्दा टाढाबाट आउने विद्यार्थीलाई मार पर्ने अनेरास्ववियूले जनाएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..