नेकपाको स्थायी समितिको बैठक नरोक्ने, पार्टीको विवादको निस्कर्ष पनि बैठकबाटै

सोमबार बिहान भएको छलफलमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत केही स्थायी कमिटीको सदस्यहरुको समेत सहभागिता रहेको थियो।

१२ साउन, काठमाण्डौ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चलिरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास, खुमलटारमा शिर्ष नेताहरुबीच आन्तरिक छलफल भएको छ। भेलामा मंगलबार बोलाइएको स्थायी कमिटीको बैठकको विषयमा छलफल भएको हो । आज बसेको शिर्ष नेताको बैठकले भोली हुने स्थायी समितिको बैठक नरोक्ने निष्कर्षमा समेत पुगेको माधव नेपाल निकट स्रोतले जानकारी दिएको छ। पटक(पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठकमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको बताइएको छ। पार्टीभित्रको विवाद चर्कंदै गएपछि सहमति खोज्नका लागि स्थगित गरेको बैठकपछिको सहमतिको प्रयासपनि असफल भएपछि स्थायी कमिटी बैठकबाटै निस्कर्ष निकाल्ने तयारी भएको उच्च स्रोतले जनाएको छ।

सोमबार बिहान भएको छलफलमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत केही स्थायी कमिटीको सदस्यहरुको समेत सहभागिता रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको असार १४ गतेको अभिव्यक्तिपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टीभित्रको विवाद चलिरहेको बेलामा प्रधानमन्त्री ओललीको सक्रियतामा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढएको अध्यक्ष दाहालले सार्वजनीक रुपमै बताइसकेको छन्। पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि ओलीले एक पद छाड्नैपर्ने दाहाल नेपाल समूहको माग छ। तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने पक्षमा छन्। प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद समाधान गर्नका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। तर, दाहाल नेपाल समूहले मंसिरमा महाधिवेशन गर्न कुनै आधार नभएको र प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी जोगाउनको लागि फालिएको तुरुपमध्ये कै हो ।

अध्यक्ष ओलीले एक पद छोड्नको लागि महाधिवेशन र चुनाव कुर्नुपर्ने तर्क बेठिक रहेको, केन्द्रीय समितिको बैठकले पार्टी एकता, विधान निर्माण सबै गर्न सक्ने भएपछि एक पद त्याग्न चाहे केन्द्रीय समितिबाटै सम्भव छ । प्रधानमन्त्री ओलीले ५ वर्ष ढुक्कले सरकार सञ्चालन गर्न सक्नृे पनि स्रोतले बतायो । प्रधानमन्त्री ओलीको अहंकारले पार्टी गम्भीर संकटमा फसेको, पार्टीमा सम्झौता हुन्छ तर प्रधानमन्त्री ओली कुनै पनि सम्झौता पालाना गर्दैनन् स्रोतले भन्यो, उनी समय समयमा सत्ता संकटमा परेपछि एक एक फण्डा फाल्ने र सत्ताको आयु लम्ब्याउनमा व्यस्त रहेको पनि उच्च स्रोतले बताउछ । अबदेखि उनको कुनै पनि तुरुपमा नफस्ने पनि शिर्ष नेताहरुका बीचमा सम्झौता भएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..