
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग पैसा लिने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका वडा नम्बर ८ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाअन्तर्गत मगरगाउँ बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन् ।
प्रहरीका अनुसार पाण्डेले काठमाडौंको चन्द्रगिरी नगरपालिका-३ थानकोट खरिबोटमा लाईसेन्स बनाईदिन्छु भनी विभिन्न
व्यक्तिहरुसँग रकम मागिरहेका थिए ।
पूर्व सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले पाण्डेलाई सेवाग्राहीसँग पैसाको बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
Loading...