मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ७ सय ५२, आज नेपालमा १ सय ३९ जना संक्रिमितको संख्या

१२ साउन, काठमाडौं । नेपालमा कोरोनाको सोमबार १ सय ३९ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा १ सय ३९ जना संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ।

हालसम्म १३ हजार ७ सय ५४ जना कोरोनाबाट निको भई घर फर्केका छन् । नेपालमा अहिलेसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।

अहिलेसम्म देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन्। हालसम्म मृतक ४८ जनामा कोरोनाभाइरस देखिएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..