राष्ट्रिय खेलकुद परिषदमा कोइराला र सिलवाल

काठमाडौं । सोमबार बसेको नेपाल सरकार मन्त्री परिषदको निर्णयद्वारा राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष र सदस्य सचिवको नाम टुङगो लगाएको छ । मन्त्री परिषदले परिषदको उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेश कुमार सिलवाललाई नियुक्ति दिएको छ । कोइराला साबिक अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष तथा हाल नेपाल खेलकुद महासंघका सहसंयोजक हुन् । आदरणिय शिब कोइराला ज्वाला तथा सिलवाल यस भन्दा अगाडिका पनि परिषदको सदस्य सचिव हुन् । उनले १३ औं साग सम्मेलन सफल रुपमा आयोजना सम्पन्न गरेका थिए । यस्तो गरिमा मयपदमा नियुक्त हुनु भएकोमा उपाध्यक्ष र सदस्य सचिव दुवैलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक सुभकामना
Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..