क्वारेन्टिनमा आत्महत्या गरेका व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ

कोरोना भाइरस

बर्दिया । क्वारेन्टिनमा वसेका बेला आत्महत्या गरेका एक व्यक्तिको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

अछाम घर भएका ४३ वर्षिय ति व्यक्ति भारतबाट कैलाली हुदै बर्दिया आएको बताइन्छ । अछाम जाने अवस्था नभएपछि सामान्य नाता पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको सैनवारमा आएको त्यहा वस्ने वातावरण नभएपछि बाटोमा अचेत अवस्थामा फेला परेपछि क्वारेन्टिनमा राखिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताउनु भयो ।

आइतवार राति आत्महत्या गरेका व्यक्तिको शव सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सेनाले शव व्यवस्थापन गरेको हो । पीसीआर रिपोर्ट नआउँदासम्म उनको शव झुन्डिएकै अवस्थामा रहेको थियो ।

भारतबाट नेपाल आएका ठाकुरबाबा नगरपालिका भुरिगाउँमा रहेको क्वारेन्टिनमा आइतबार राती आफुले बिच्छाउने तन्नाको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक केदार रजौरेले बताउनु भयो ।

अछाम घर भएका ति व्यक्ति भारतबाट साउन ९ गते भुरिगाउँ आफन्तकहाँ आएका थिए । ति आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..