विश्वमा अहिलेसम्म ६ लाख ५५ हजार मानिसको कोरोनाबाट मृत्यु

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ५५ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा झण्डै ४ हजारको मृत्यु भएसँगै मृतकको संख्या ६ लाख ५५ हजार ८ सय ६३ पुगेको हो। अमेरिकामा कोरोनाले डेढलाख भन्दा बढीको मृत्यु भइसकेको छ। २४ घण्टामा ५ सय ६८ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय १६ पुगेको छ।

ब्राजिलमा हिजो ६ सय २७, भारतमा ६ सय ३६, मेक्सिकोमा ३ सय ६, दक्षिण अफ्रिकामा २ सय ९८ र रसियामा ८५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ११ हजार बढी संक्रमित थपिएका छन्।

अमेरिकामा ६० हजार, भारतमा ४६ हजार, ब्राजिलमा २३ हजार ५ सय, दक्षिण अफ्रिकामा ७ हजार, रसियामा ५ हजार ६ सय र मेक्सिकोमा ५ हजार ४ सय जनामा नयाँ संक्रमण पुष्टि भएको हो।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..