कोरोनाबाट थप एक जनाको मृत्यु, संक्रमितको संख्या १९ हजार ६३ पुग्यो

काठमाडौं । उपत्यकामा आज ४८ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले आज उपत्यकामा ४८ जनामा कोरोना भेटिएको बताएका छन्।

उनका अनुसार टेकु अस्पतालमा गरिएको परीक्षणमा ९ जना, केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ११ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा ६ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंकै २१ जना र शिक्षण अस्पतालमा गरिएको परीक्षणबाट १ जना छन्।

यस्तै आज ललितपुरमा समेत चार जनामा कोरोना पुष्टि भएको छ। नेपालमा मंगलबार ३ सय ११ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।

बितेको २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ५२ हजार ३०७ जनाको परीक्षण भइसकेको छ। साथै विगत २४ घण्टामा विभिन्न नाका भएर काठमाडौं प्रवेश गर्ने ४ हजार ८ सय १३ जनाको नमुना संकलन गरिएको गौतमले जनाए।

यसैबीच मंगलबार नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल ३ का ६५ वर्षीय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । उनको घरमै निधन भएको हो । गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । ति पुरुषमा दमको समस्या थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । मंगलबार ३ सय ११ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

मंगलबार पीसीआर विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण भएको छ । योसँगै आजसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको कोरोना परीक्षण भएको छ ।

५ हजार १ सय २९ जना अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । मंगलबार १ सय २१ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार ८ सय ७५ रहेको छ । देशभरीका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा १५ हजार ३ सय ३१ जना रहेका छन् ।

सरकारले उपत्यका छिर्ने मुख्य नाकाहरुमा कोरोना परीक्षणका लागि नमुना संकलन गरिरहेको छ । आज दिउँसो ४ बजेसम्म फर्पिङ नाकाबाट ४ सय ५५। थानकोट नाकाबाट २ हजार ९ सय १४ र साँगा ९ सय ४४ गरी ४ हजार ८ सय १३ वटा नमुना संकलन भएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..