यस्तो रहेछ आमा बन्न चाहने महिलाका लागि गज्जबको उपाय

यदि तपाई महिला हुनुहुन्छ र आमा बन्ने अर्थात गर्भवती बन्न चाहनु हुन्छ भने तपाईका लागि एउटा तथ्य खुलासा भएको छ। हालै भएको एक अध्ययनका अनुसार गर्भवती बन्न चाहने महिलाले राति सुत्ने बेला बत्ती निभएर सुते आमा बन्ने सम्भावना बढी रहन्छ ।

सैन एंटिनियोस्थित टेक्सास स्वास्थ्य विज्ञान केन्द्रको सेलुलर बायोलजीका प्रोफेसर रसेल जे रायटरले आफ्नो अध्ययनका आधारमा सुत्ने बेला कोठा अँध्यारो भएको खण्डमा प्रजनन स्वास्थ्य र विकसित भइरहेको भ्रुणको रक्षाका लागि महत्वपूर्ण हुने बताएका छन् ।

रायटर र उनका साथीहरुले फर्टिलिटी जर्नलमा प्रकाशन गरेको एक पुरानो रिपोर्टको समीक्षा गरेको थियो । उनीहरुले महिलाको सफल प्रजननमा मेलाटोनिनको स्तर र सिरकेडियन रिदमको भूमिकाको सार प्रस्तुत गरेका छन् । लाइभ साइन्स रिपोर्टका अनुसार राति जतिपटक बत्ती अन हुन्छ, त्यसको सिधा असर मेलाटोनिनको प्रडक्सनमा पर्ने गर्दछ । र, यो कम हुँदै जान्छ ।

रायटरका अनुसार मेलाटोनिन मस्तिष्कमा पिनियल ग्रन्थीद्वारा श्रावित हर्मोन हो । जुन अँध्यारोमा रेस्पोन्स गर्दछ । मेलाटोनिन त्यतिबेला निकै महत्वपूर्ण हुन्छ जतिबेला कुनै महिला गर्भवती हुने कोशिस गर्दछन् । यसले अन्डालाई अक्सीडेभिट स्ट्रेसबाट बचाउने गर्दछ ।

रायटरका अनुसार जुन महिला गर्भवती हुन चाहन्छन् उनीहरुले राति कम्तीमा पनि ८ घण्टा अँधेरोमा सुत्नु आवश्यक छ। यसका साथै उनीहरुले यो डार्क सर्कललाई लगातार बनाइराख्नु आवश्यक छ। अन्यथा महिलालाई बायोलजिकल कन्फ्युज हुनेछ। प्रेग्नेन्सीका क्रममा पनि आठ घण्टा अँध्यारो राख्नु जरुरी छ । सम्भव भएसम्म बिचमा बत्ती नबालेकै राम्रो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..