ओली सरकार सबै कोणबाट असफल – सोमत घिमिरे

प्रधानमन्त्री

नेपालमा अहिले नेकपाको सरकार छ । इतिहासमा पहिलो पटक एउटा पार्टीले पाएको बहुमतको शक्तिशाली सरकार छ । तर नेकपाभित्र भने अशान्ती बढ्दै गएको छ । पछिल्लो अवस्थामा नेकपामा विकसित राजनीतिक घटनाक्रमको बिषयमा राजनीतिक विश्लेषक सोमत घिमिरेसँग राजर्माग संवाददाताले गरेको कुराकानीको प्रस्तुत अंश :

नेकपाको अहिलेको विवादको चुरो के हो ?
नेकपाभित्रको विवादको कारण दुई वटा छन् । एउटा व्यवहारीक अर्को सैद्धान्तिक । व्यवहारीक पाटोमा यिनीहरुले विभिन्न किसीमको तमसुक गरेका छन् । जुन त्यो पालन भई रहेका छैनन् । त्यसले समस्या सृजना गरिरहेको छ । पार्टीलाई मार्ग निर्देशन गर्ने कुराको बहस हुन सकेन । पार्टीभित्र छलफल बहस गर्न सकेन । हुन सकेन ।

अर्को सैद्धान्तिक कुरा छन् । यी पनि अहिलेको ठुलो समस्याको विषय छन् । खास गरीकन पुर्व एमाले लाइनका साथीहरु जवजको पक्षमा छन् । तर यो पहिले नै औचित्य समाप्त भई सकेको कार्यक्रम हो । तर नेपालमा गणतन्त्र, संघियता आइसकेपछि जबजको औचित्य सकिएको छ । यो अहिले बेकार हो । त्यसमा पनि पार्टी एकता गर्दा नै त्यसलाई पछि टुङ्ग्याउने भनेर आएका हुन् । अहिलेको माटो र आवश्यकता अनुसारको योजना र नीतिलाई अबलम्बन गर्न नसक्नु अहिलेको समस्याको कारण हो ।
त्यस्तै पार्टी एकतापछि पार्टी कमिटिलाई परिचालन र व्यवस्थापन गर्न नसक्नु पनि यो समस्याको कारण हो ।

नेकपा भित्र जबज र एक्कासौं शताब्दीको जनवादको बहस कतिको सान्दर्भिक छ ?
नेकपाभित्र एमाले लाइनले जबजलाई धेरै ठुलो रुपमा व्याख्या विश्लेषण गरिएको छ । तर त्यहाँभित्र खासै गुदी त्यस्तो केही छैन । एक ढङ्गले भन्ने हो भने कम्युनिष्ट आन्दोलनलाई संसदीय आन्दोलनमा परिवर्तन गर्ने औजार मात्र बन्यो । माओवादीले एक्कासौं शताब्दीको जनवाद भन्यो त्योभित्र पनि त्यति धेरै व्याख्या विश्लेषण छैन ।
अहिले यहाँको आवश्यकताको आधारमा नीति तथा कार्यक्रमको आवश्यकता छ । यहाँ राजनीतिक अवस्था, आर्थिक अवस्था, भौगोलिक अवस्थालाई हेरेर अरु बाटो लिनु पर्ने हो । तर उहाँहरुको एउटा पक्ष जबजमा अड्कियो, जुन कुराको सान्दर्भिकता सकिएको छ । कम्युनिष्ट आन्दोलनको व्याख्या विश्लेषणलाई चुनौति दिने गरी पुर्व एमालेका टिम जसरी बसेको छ । अहिलेको अप्ठेरो जबज पनि हो ।

जबज र एक्कासौं शताब्दीको जनवाद नेकपामा आवश्यक छैन भन्ने हो ?
नेकपाभित्र जबज र एक्काइसौं शताब्दिको जनवाद दुवै बेकार हुन् । अहिले नेपालका कम्युनिष्टको आवश्यकता के हो ? कम्युनिष्ट आन्दोलनले लिनु पर्ने बाटो के हो ? भन्ने तिर जानपर्ने हो । त्यो खालको जागर देखिएन । र, जबज भन्ने जातले अड्कायो पनि ।

नेकपाको विवाद समाधानको उपाय के हुन सक्छ ?
सरकारको कार्यशैली माथि राजनीतिक पार्टीले खेल्ने दृष्टिकोण दिनुपर्यो । अहिलेको सरकारको कार्यशैली संविधानको मर्म र भावना अनुसार छैन । समाजवादमा जाने भनेका छौं, संघीयताको कार्यन्वयनको दिशामा पनि छैन । जनताको दैनिक समस्या समाधानको दिशामा पनि छैन । सुशासनको प्रत्याभूत गर्न सकेन । सरकारको कार्यशैली, सरकार र राजनीतिक दलको सम्बन्ध के हो ? सम्बन्धै नहुने जात होकी, चुनाव जित्न मात्र चाहिने होकी दल । चुनाव जितिसकेपछि दलको काम नहुने हो की ।

नेकपाको विवाद समाधानको एउटा पाटो पार्टी फुट्नु पनि हो । पार्टीलाई व्यवस्थापन हो । सरकार र पार्टीबीचको सम्बन्धको कुरालाई पारदर्शी बनाउनु हो । अहिले सरकार पार्टी भन्दा बाहिर देखिन्छ । त्यसले पनि विवाद ल्याएको छ । नत्र सरकारको कार्यशैली, सरकार र दलको सम्बन्ध र दलको विधि, विधानमा चल्ने दलिय व्यवस्थामा दलको सांगठनिक प्रकृया, संरचाना, व्यवस्थापन दलको संस्थागत स्वरुपको विकास र आन्तरिक लोकतन्त्र सहितको व्यवस्थापन गर्दा त्यसले एक ठाउँमा लैजाला । यि कुरा तत्कालै गर्नु परो नत्र फुट पनि एउटा समाधान हो ।

यो बहुमतको सरकार सफल की असफल ?
यो सरकार सबै कोणबाट असफल छ । बहुमत हुन्छ भन्दैमा सरकार सफल हुन्छ भन्ने संसारमा कहिँ छैन । सरकार सफल हुनलाई कार्यक्रम चाहियो, दृष्टिकोण चाहियो ।

सरकार असफलताको आधारहरु के-के हुन् ?
सरकारको असफलताको कारणहरु समाजवादको यात्रामा असफल, संघीयताको कार्यन्वयनको सवालमा असफल, जनताको दैनिक जीवनको समस्या सम्बोधनको सवालमा असफल र राजनीतिक सम्बन्ध निर्माणको सवालमा असफल छ ।

के अब सरकारले असंवैधानिक कदम चल्ने संम्भावना छ ?
सरकारले असंवैधानिक कदम चाल्न सक्छ । तर कस्तो खालको चाल्छ भन्ने कुरा अहिले अनुमान गर्न चाँडो हुन्छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..