विश्वमा एक करोड चार लाख ४५ हजार भन्दा धेरै मानिसले जिते कोरोना स‌ंक्रमण

विश्वमा एक करोड चार लाख ४५ हजार भन्दा धेरै मानिसले जिते कोरोना स‌ंक्रमण 1

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमण जितेर हालसम्म एक करोड ४ लाख ४५ हजार ७ सय ६४ जना निको भइसकेका छन्।

कुल १ करोड ६८ लाख ८३ हजार ६ सय ४४ जना संक्रमण भएकोमा ६ लाख ६२ हजार मानिसको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ५ सय ५९ जनाको ज्यान गएको छ। त्यस्तै २ लाख ४७ हजार ४ सय ३२ जना नयाँ संक्रमित फेला परेका छन्।

पछिल्लो २४ घन्टामा अमेरिकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन्। त्यहाँ साँढे ६१ हजार मानिसमा सक्रमण पुष्टि भएको छ। कोरोनाका कारण अमेरिकामा हालसम्म १ लाख ५२ हजार ब्यक्तिको मृत्यु भएको छ। त्यहाँ हिजो मात्रै ११ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।

अमेरिकापछि सवैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । भारतमा ४९ हजार ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ हालसम्म ३४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् भने हिजो मात्रै ७७६ जनाको मृत्यु भएको छ।

हिजो ब्राजिलमा ४१ हजार, साउथ अफ्रिकामा ७ हजार र रुसमा ५ हजार भन्दा धेरै संक्रमित थपिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..