नेपाल टेलीकमको नयाँ सेवा, यसरी गर्नुस रिचार्ज

नेपाल टेलिकमका विभिन्न सेवाहरुको टप अप (रिचार्ज) गर्नका लागि युएसएसडी कोड प्रयोग गर्न सकिने भएको छ।

नेपाल टेलिकमका विभिन्न सेवाहरुको टप अप (रिचार्ज) गर्नका लागि युएसएसडी कोड प्रयोग गर्न सकिने भएको छ।

कम्पनीको जिएसएम मोबाइलबाट  डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ। त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिने टेलिकमले बताएको छ।

यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड ४१२ प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ।

कम्पनीकाअनुसार जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको टप अप (रिचार्ज) युएसएसडी कोडबाट सजिलै गर्न सकिन्छ।

सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी फस्ट कल एक्टिभेसन (एफसिआइ) गर्दै आएकोमा अब कम्पनीले डायल गरी एफसिए गर्न सकिने व्यवस्था मिलाएको छ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइटमार्फत टप अप (रिचार्ज) गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको टप अप (रिचार्ज) समेत सजिलै गर्न सकिने कम्पनीले जनाएको छ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..