प्रमुख प्रशासिन केन्द्र सिंहदरवारका कर्मचारीको आजबाट कोरोना परीक्षण सुरु

काठमाडौँ । नेपालको प्रशासनिक केन्द्र सिंहदरवारका सबै कर्मचारीहरूको कोरोना परीक्षण गरिँदै छ ।

देशको प्रमुख प्रशासिन केन्द्र सिंहदरवारस्थित सबै मन्त्रालयमा कार्यरत कर्मचारीहरूको मङ्गलवार (आज) कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिन लागेको हो ।

सिंहदरवारभित्रका कर्मचारीको अवस्था के कस्तो रहेको छ रु भन्ने अध्ययनका लागि विभिन्न मन्त्रालयका बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाव लिन लागिएको हो । संकलित नामावलीहरुमध्येबाट केहीको स्याम्पलिङका रूपमा परीक्षण गरिने बताएको छ । सिंहदरवारभित्र सेन्ट्रल क्यान्टिन र प्रहरी वृत्त अगाडीको खाली ठाउँमा स्वाब सङ्कलन हुने जनाइएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..