केन्द्रीय समितिको बैठक माग गर्न १५० जना भन्दा बेसी केन्द्रीय सदस्यको हस्ताक्षर

स्थायी समितिको बैठकले नेकपाको विवाद समाधान निकालेन भनेर केन्द्रीय समितिको बैठक माग गर्दै आज साँझ चार बजे नेकपाको एक टोलीले हस्ताक्षर बुझाउने भएको छ ।

आज केन्द्रीय कार्यालयमा पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई उक्त हस्ताक्षर बुझाउन लागिएको नेकपाका एक केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिनुभयो ।

पार्टीमा आन्तरीक विवाद लम्बीदै गएकाले केन्द्रीय समितिको बैठक माग गर्न १५० जना भन्दा बेसी केन्द्रीय सदस्यको हस्ताक्षरसहित बैठकको माग गरिएको केन्द्रीय सदस्य ठाकुर गैरे बताउनु हुन्छ ।

नेकपाको विधानमा एक चौथाई केन्द्रीय समिति सदस्यले बैठक बोलाउन माग गरे बैठक बोलाउनु पर्ने व्यवस्था रहेको छ । नेकपामा जम्मा ४४१ जना केन्द्रीय सदस्य रहेका छन् ।

Loading...
Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..