काठमाडौं उपत्यकामा सङ्क्रमित संख्या ४८९ पुग्यॊ

काठमाडौं उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएकाहरुको सङ्ख्या ४८९ जना पुगेको छ।

बुधवार उपत्यकाका तीन जिल्लामा १५ जना र मङ्गलवार ५३ जना नयाँ सङ्क्रमित देखिएका थिए।

यसरी सङ्क्रमित हुनेहरूमा काठमाण्डूमा दुई भारतीय र एक चिनियाँ नागरिक सहित ३४९ जना, ललितपुरमा ८९ जना र भक्तपुरमा ५१ जना छन।

सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ। मङ्गलवारसम्म १६३ जना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ।

सरकारले पछिल्ला दिनमा उपत्यकामा परीक्षण बढाएसँगै सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको बताइएको छ।

तस्बिर स्रोत- रासस

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..