
काठमाडौं, साउन १४ । नेकपा १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै ४:४५ बजे पार्टी केन्द्रीय कार्यालयमा माग पत्र बुझाएका छन् ।
आज केन्द्रीय कार्यालयमा पार्टीमा हस्ताक्षरसहित माग पत्र बुझाइएकाे नेकपाका केन्द्रीय सदस्य युवराज चाैलागाईं जानकारी दिनुभयो ।
पार्टीमा आन्तरीक विवाद लम्बीदै गएकाले केन्द्रीय समितिको बैठक माग गर्न १५२ जना भन्दा बेसी केन्द्रीय सदस्यको हस्ताक्षरसहित बैठकको माग गरिएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताउनु हुन्छ ।
नेकपाको विधानमा एक चौथाई केन्द्रीय समिति सदस्यले बैठक बोलाउन माग गरे बैठक बोलाउनु पर्ने व्यवस्था रहेको छ । नेकपामा जम्मा ४४१ जना केन्द्रीय सदस्य रहेका छन् ।
Loading...