विद्यालय सञ्चालनका लागि तयारी गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले कोरोना महामारीका कारण रोकिएका विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनका लागि तयारी गर्न निर्देशन दिएको छ।

बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सहजीकरणका लागि विभिन्न ७ बुँदे निर्देशन दिएको छ।

यस्ता छन् मन्त्रालयले दिएका ७ बुँदे निर्देशन

१) शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने।

२) २०७७ भाद्र १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको सङ्ख्यात्मक विवरण यकीन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने।

३) नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने।

४) विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षकहरु विद्यालय पुगिसक्ने व्यवस्था मिलाउने।

५) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने।

६) विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने। क्वारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने।

७) विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..