बाढी र पहिरोले पश्चिम नेपालमा ठूलो नोक्सान, ६ सय भन्दा बढि परिवार विस्थापित

काठमाडौं । मनसुनी प्रभाव सुरु भएसँगै पश्चिम नेपालमा बाढी र पहिरोले क्षति गर्न थालेको छ ।

हिजो बाढी र पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन् । ६ हजारभन्दा बढी परिवार डुबानमा परेका छन् । पहिरोले घर पुरिँदा कालिकोटमा नौजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

दाङमा पहिरोले घर पुरिँदा हिजो दुईजनाको मृत्यु भएको छ । त्यस्तै, सुदूरपश्चिममा बाढी र पहिरोमा परी चारजना बेपत्ता भएका छन् । बाढीले बगाउँदा कैलाली तीन र पहिरोमा पुरिएर बाजुरामा एकजना बेपत्ता भएका हुन् ।

कैलालीमा ६ हजार २३ परिवार डुबानमा परेका छन् । उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले विभिन्न वस्तीहरू डुबानमा पर्दा ६ हजारभन्दा धेरै परिवार विस्थापित भएका बताउनुभयो ।

विस्थापित भएका परिवारलाई स्थानीय सरकारले खाने बस्ने व्यवस्था गरेका र सुरक्षा निकाय, जनप्रतिनीधि र रेडक्रस लगायत विभिन्न क्षेत्रको सहकार्यमा उद्धार र राहतको काम भइरहेको पनि उहाँले बताउनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..