बाढी र पहिरोमा परी बेपत्ता नौ जना मृत फेला, जिल्लाभर ७ जना अझै बेपत्ता

कालिकोट । अबिरल वर्षा पछिको बाढी र पहिरोले कालिकोटको नरहरिनाथ गाउँपालिकामा ठुलो जनधनको क्षति भएको छ ।

नरहरिनाथ गाउँपालिकाको वडा नं ७ को बागामा घर पुरिंदा एकै घरका ११ जना मध्ये सात जना पुरिएका हुन् । पुरिएकामध्ये ६ जना मृत अवस्थामा प्रहरीले भेट्टाएको छ ।

गम्भीर अवस्थामा प्रहरीले उद्धार गरी कुमालगाउँ प्राथमिक स्वस्थ्य केन्द्रमा पुराएकी विमला बुढाको पनि स्वास्थ्य केन्द्रमै मृत्यु भएको छ ।

गंगे बुढाको घर भत्किदा उहाँका श्रीमतीसहित छोराछोरी, नाती नातीना र बुहारी बेपत्ता भएका थिए । ४ जना भने सकुसल रहेका छन् ।

नरहरिनाथ गाउँपालिका वडा नं ७ बागाका ६५ वर्षका गंगे बुढा, उहाँका श्रीमती नैना बुढा, बुहारी २४ वर्षकी सिता बुढा, नातीनी १० वर्षकी चन्द्रीका बुढा, नाती ७ वर्षका राम बुढा, नाती डेढ वर्षका चरित्र बुढाको शव भेटिएको कालिकोट प्रहरीले जनाएको छ ।

नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मनसोभा बुढाका अनुसार नरहरीनाथ गाउँपालिकाको वडा नं ४ को गोठिमा रहेको बाले बुढाको घर भत्कीदा उहाँ र उहाँका श्रीमती मना बुढा बेपत्ता भएकोमा दुवैजनाको शव भेटिएको छ ।

नरहरिनाथ गाउँपालिकाका बिभिन्न ठाउँमा गएको पहिरोमा परि ९ जना को मृत्यु भएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..