१५ किलो सुन काण्डका प्रहरीले तीन जनालाई समातेको छ

१५ किलो सुन काण्डका प्रहरीले तीन जनालाई समातेको छ 1

काठमाडौं, १५ साउन। नेपाल प्रहरीले काठमाडौंबाट १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातुसम्बन्धी अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । प्रहरीले ती तिनै जनालाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएको र पछि सो स्कार्पियो गाडी लुकाएर अर्कै भाडाको कार लिएर काठमाडौंबाट भागेको बताइएको छ । प्रहरीले अनुसन्धानमा रहेकाले अनुसन्धान पुरा भएपछि पत्रकारसम्मेलन गरेर जानकारी दिने बताएको छ ।

यही साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो । सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीको भनाइ थियो । यद्यपि प्रहरीले कसैलाई पनि पक्राउ गर्न भने सकेको थिएन ।

तर सो घटना अनुसन्धानको क्रममा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलेको थियो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ । यो घटना पनि प्रहरी र ती व्यक्तिहरुको मिलोमतो हो कि भन्ने आशंका समेत उब्जाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..