वीरगञ्जका मेयर विजय सरावगीलाई काेराेना संक्रमण

वीरगञ्जका मेयर विजय सरावगीलाई काेराेना संक्रमण 1

वीरगञ्जका मेयर विजय सरावगीलाई काेराेना संक्रमण 2 साउन १५, काठमाडाैं । वीरगञ्जका मेयर विजय सरावगीलाई काेराेना संक्रमण भएकाे छ । काठमाडाैंमा रहेका मेयर सरावगीलाई काेराेना भएकाे उनी आफैंले जानकारी गराएका छन् ।

वीरगंजबाट ३ दिन अघि काठमाडाैं आएका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ संक्रमित हुन पुगेको बताएका छन् । उनले भनेका छन्, ‘वीरगंजलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ । तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै काेराेनालाई जित्ने छु ।’

स्थानीयस्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था नदेखिनेे भएकाले वीरगंजवासीको जीवनरक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन उनकाे आग्रह छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..