पर्सामा कोरोनाका कारण थप दुई जनको मृत्यु

वीरगञ्ज । वीरगंजको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय किशोरको मृत्युु भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाका मुन्ना कुमार कानुको उपचारको क्रममा मृत्यु भएको डा. निरज सिंहले जानकारी दिनुभयो ।

मंगलबार अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका उनको उपचारको क्रममा करिब साढे सात बजे मृत्युु भएको डा. सिंहले जानकारी दिनुभयो ।
साउन ५ गते ज्वरो आउँदा एक निजी किल्निकमा उपचार गराएका उनलाई पछि तराई हस्पिटलमा भर्ना गरिएको थियो ।

त्यहाँबाट अवस्था बिग्रिदै गर्दा बुधबार कोभिड अस्पतालमा ल्याइएको थियो ।
उनमा निमुनियाको लक्षण, त्यस्तै ज्वरो आउने लगायत स्वासप्रस्वासमा समस्या हुने जस्ता लक्ष्णहरू देखिएकोमा आकास्मिक कक्षमा उपचारको क्रममा मृत्युु भएको हो ।

मृत्कको पीसीआर टेष्ट राती आएको छ र सो मा पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

यसअघि यस्तै बिहीबार बिहान वीरगन्ज २ छपकैयास्थित आफनै घरमा मृत्यु भएका ७० वर्षीय बृद्धमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए ।

नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजेतिर प्राप्त रिपोर्टमा मृतकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको उपाध्यायले पुष्टि गरेका हुन् । छपकैयास्थित घरमा एक्लै बस्दै आएका ती बृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए ।

राती सुतेका बृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा बृद्ध कोठामा मृत अवस्थामा भेटिएका थिए । त्यसपछि बृद्धको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..